Appointment
Emergency
Doctors
Inquiry
Message from CEO

ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपलब्ध सम्पूर्ण स्वास्थ्य उपचार सेवा आम मानिसहरूको लागि हो, अर्थात् हाम्रो सेवा सम्पूर्णरुपमा तपाईं हाम्रा मूल्यवान ग्राहकहरूमा समर्पित रहेको व्यहोरा अनुरोध छ । हामी यस अस्पतालमा तपाइको समय र तपाइको पैसाको मूल्यलाई अत्यन्त कदर गर्दै कम भन्दा कम समयमा उपचार सेवा सुनिश्चित गर्न प्रवन्ध मिलाएका छौं ।विगतका केही वर्षहरू स्वास्थ्य सेवाको लागि अभूतपूर्व भएका छन् र तपाईंले यी कठिन समयहरूमा देखाउनु भएको धैर्यता र विश्वास हाम्रालागि प्रेरणाको श्रोत बनेको छ जसको हामी हृदयवाट नै सर्हाना गर्दछौं । हामी अहिले जस्तै आगामी दिनहरुमा पनि नेपाल र नेपालीहरुको स्वास्थ्य उपचार सेवाका आवश्यकताहरू पूरा गर्न पूर्ण रूपमा प्रतिबद्ध रहने दृढता पनि व्यक्त गर्दछौं ।

तपाईंको आफ्नो अस्पतालको रूपमा,  हामी ॐ हस्पिटलमा यहाँको उपचार सेवा र नर्सिङ सेवा थप स्तरिय बनाउदै लैजाने विश्वास दिलाउन चाहन्छौं । आगामी दिनमा हामी स्वास्थ्य प्रविधिका नयाँ सेवाहरू, स्वास्थ्य सेवा प्रदायकहरू र विशेषज्ञता सेवामा लगानी गर्न थप मेहनत गर्दै जाने प्रतिवद्धता समेत व्यक्त गर्दछु । तपाइँलाई तपाइँको वा तपाइँको प्रियजनको स्वास्थ्य सम्बन्धी थप जानकारी चाहिएका बखत स्वास्थ्य सम्वन्धि जानकारीको लागि फेसबुक, इन्स्टाग्राम, ट्वीटर लिंङ्क्डइन, र टिकटकमा हाम्रो आधिकारिक सामाजिक संजाल र मिडिया पेजहरु तथा हाम्रो वेबसाइट www.omhospitalnepal.com  लगइन गर्न स्वागत गर्दछु । हामी तपाईंलाई कुनै पनि तरिकाले मद्दत गर्न सक्छौं भने कृपया हामीलाई सम्पर्क गर्नुहोस्।

यम बहादुर महत

प्रमुख कार्यकारी अधिकृत